टर्कीद्वारा ४५ सय बढी अप्रमाणित आप्रवासी पक्राउ
२०८० पुस १० गते

एजेन्सी । टर्कीका सुरक्षा बलहरूले आफ्नो देशव्यापी मानव बेचबिखन बिरुद्धको अभियानमा कुल ४ हजार ५ सय ८६ अप्रमाणित आप्रवासीहरूलाई हिरासतमा लिएको छ ।
आन्तरिक मन्त्री अली येर्लिकायाले सोमवार यसबारेमा जानकारी दिएका हुन् ।
टर्कीका अधिकारीहरूले ३७ प्रान्तहरूमा १२६ छापा मार्दा सो आप्रवासी पक्राउ परेको बताएका हुन् । टर्की र युरोपेली संघले सन् २०१६ मा युरोपमा अवैध आप्रवासनलाई रोक्न एक सम्झौता गरेका थिए ।
२०८० पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








