माओवादीको सचिवालय बैठक स्थगित
२०८० पुस ४ गते

काठमाडौं । माओवादी केन्द्रको सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थता देखाउँदै बैठक बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो ।
मंगलबारदेखि सुरु बैठक आज बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
मंगलबार १० वटै प्रदेश कमिटीका इन्चार्जहरू रिपोर्टीङ लिगेको माओवादीको जारी बैठकमा ‘जनतासँग माओवादी अभियान’ को समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन, विधान सम्मेलन, नेपाल समाजवादी पार्टीसँगको एकतासहितका विषयमा छलफल भइरहेको छ ।
२०८० पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








