कोशीका मुख्यमन्त्री सवार गाडीमा पहिचानवादीद्वारा ढुंगा प्रहार

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा दर्जन बढी संख्याका पहिचानवादीले नाराबाजीसहित ढुंगा हानेका छन् ।

दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन झापाको दमक पुगेका मुख्यमन्त्री कार्की सवार गाडीलाई रोकेर पहिचानवादीहरूले ढुंगा हानेका हुन् ।

गणतन्त्र चोकबाट दक्षिणस्थित एक पार्टी प्यालेसमा दमक नगरपालिकाले उक्त कार्यक्रम राखेको थियो ।

किरात प्रदेशको पक्षमा रहेका पहिचानवादीहरूले कालो झन्डा देखाउँदै कार्कीविरुद्ध नाराबाजी पनि गरेका थिए।

पहिचानवादीले आक्रमण प्रयास गरेपछि प्रहरीले कार्की सवार गाडीलाई सुरक्षा दिएको थियो । अहिले प्रहरीले सडकका अवरोध पनि हटाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =