इरानद्वारा रेड सीमा जहाजमाथि भएको आक्रमणमा संलग्न भएको अमेरिकी आरोप अस्वीकार

एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले रेड सिमा रहेका धेरै जहाजहरूमा यमनमा रहेका हुथीहरूले गरेको श्रृङ्खलाबद्ध आक्रमणमा इरानको हात रहेको अमेरिकी आरोपलाई अस्वीकार गरेका छन् ।

उनले इरानको राजधानी तेहरानमा एक साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिबारे प्रतिक्रिया दिँदै इअमेरिकी आरोपको खण्डन गरे । हुथी समूहले इजरायलसँग सम्बन्धित दुईवटा जहाजहरू, युनिटी एक्सप्लोरर र नम्बर ९ मा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेपछि अमेरिकी आरोप आएको हो ।

आक्रमणहरू यमनी जनताको माग र मुस्लिम राज्यहरूको साथ खडा हुन आह्वानको प्रतिक्रियामा रहेको बताइएको छ । कनानीले इरानले यस क्षेत्रमा सेन्टकम सेनाको उपस्थितिलाई सधैँ शान्ति र शान्ततामा बाधा पु¥याएको बताए । अमेरिकाको दाबी बिना कुनै प्रमाण लगाइएको आरोप भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nineteen =