एनआरएनएलाई एक बनाउन पुनः निर्वाचनको माग गर्दै आरके पक्ष

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको बताएको छ ।

मङ्गलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले पुनः निर्वाचनको माग गरेको हो । अनलाइन माध्यमबाट गराइएको संघको गत निर्वाचनको वास्तविकता ल्याउन अन्तर्राष्ट्रिय छानबिन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै शर्माले यो लडाईं आफ्नो व्यक्तिगत नभई संस्थागत लडाईं भएको बताए । उनले आफूलाई झनै पेल्दै जान्छु भन्ने सोच्नु गलत भएको बताए । उनले संघको पुनः निर्वाचनमा जानुपर्ने आवश्यकता रहेको बताए ।

सानो घेरोमा संस्था लगेर पेल्दै गए अन्तिम घडीसम्म पनि न्यायको लागि लड्ने चेतावनी दिए ।

उनले भने ‘मैले अहिले पनि भन्छु, सम्पूर्ण साथीहरूलाई भन्छु, यो मेरो व्यक्तिगत लडाईं होइन । संस्थागत लडाईं हो । यदि तपाईँहरूको पनि दायित्व छ भने आउनुस् टेबलमा बसौँ । उहाँहरूले आजसम्म न पूर्वअध्यक्ष, न हामीसँग कुरा गर्ने आँट गर्नुभएको छ । झन् बरु उहाँहरू पेल्दै जाने, यसै गरेर जाने हो र अलिदिनमा थाक्छन् की जस्तो सोच्नुभयो भने त्यो गलत हो । यो लडाईं पदको लागि होइन । रिइलेक्शन गरौँ । संस्थाको विश्वास फिर्ता ल्याऔँ । यदि रिइलेक्शनमा तपाईँले आरके शर्मा नउठ् भन्नुहुन्छ भने म यहीँ भन्छु, म प्रत्यासी हुँदिन तर संस्था बचाउनको लागि लाग्छु । तर सानो घेरोमा संस्था लगेर पेल्दै जानुभयो भने म मेरो अन्तिम घडीसम्म पनि न्यायको लागि लड्नेछु । यो सबैको साझा चौतारी हो, केही सानो घेरोको एउटामा रहनु हुँदैन ।’

उनले गैरआवासीय नेपाली संघ सानो ठाउँमा खुम्चिनु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =