भोलिदेखि काठमाडौं बन्द हुन्छ : दुर्गा प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौँ बन्द हुने बताएका छन् ।

बल्खुको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भोलिदेखि काठमाडौँ बन्द हुने बताएका हुन् ।

प्रहरीसँग भएको झडपमा आठ/नौ जना आन्दोलनकारी घाइते भएको बताउँदै उनले आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको बताए ।

उनले भने ‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्’ उनले भने ‘अब भोलिदेखि काठमाडौँ बन्द हुन्छ । आज नै केही मात्रमा मात्र खुलेको हो ।’

उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौँ बन्द गर्ने दाबी गरे ।

प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =