गाजामा समयपूर्व जन्मिएका २८ शिशु फेला, ६० बढी बिरामी उपचारका लागि टर्की पुगे

एजेन्सी । इजिप्टले गाजाको अस्पतालबाट समयपूर्व जन्मिएका २८ शिशु फेला पारेको छ । गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाबाट सोमवार २८ शिशुहरु फेला पारेको जनाइएको छ ।

१६ शिशुलाई उत्तरी सिनाई प्रान्तको एल एरिस जनरल अस्पतालबमा सारिएको थियो भने बाँकीलाइ काइराको अस्पतालमा लगिएको छ । अल शिफामा चिकित्सा सेवाहरु बन्द भइरहँदा नवजात शिशुहरुको अवस्था दयनीय छ ।

६० बढी बिरामी उपचारका लागि टर्की पुगे
गाजा पट्टीका ६१ जना बिरामीउपचारका लागि टर्की पुगेका छन् । ४९ जना आफन्तसहित सोमवार टर्कीको राजधानी अंकारामा उपचारका लागि उनीहरु पुगेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताए ।

समूहलाई मन्त्रीले अंकाराको सैन्य विमानस्थलमा स्वागत गरेका थिए । उनीहरूलाई बिल्केन्ट र एट्लिक अस्पतालमा लगिएको छ । पत्रकारहरूसँग कुरा गर्दै कोकाले गत हप्ता २७ गाजाका बिरामीहरूलाई अंकारामा ल्याएको बताऐ । ६१ जनाको आगमनसँगै टर्किमा ल्याइएका गाजान बिरामीहरूको कुल संख्या ८८ पुगेको छ ।

टर्कीका विदेशमन्त्री हकान फिदानले सोमवार गाजाबाट आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न टर्किको प्रयास जारी रहेको बताए । उनले आफ्ना १ सय ७० नागरिक र उनीहरूका आफन्तहरूलाई गाजाबाट बाहिर निस्कनका लागि सुरक्षित गरिसकेको बताए । टर्की सरकारले गाजामा रहेका कुल ९८३ टर्की नागरिकको उद्धारका लागि सक्रिय रूपमा काम गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =