टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुरमाथि शानदार जित

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकमा नेपालले टि–२० विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ। जितका लागि सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ बलमा मात्रै २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ठ ब्याटिङ गरे। ५ रन आवश्यक हुँदा आउट हुनुअघि कुशलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन बनाए। आशिफले २६ बलमा २७ रन जोडेर आउट भए।
कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाउँदा कुशल मल्लले एक बलमा ६ रन जोड्दै अविजित रहे।सिंगापुरका अनन्था कृष्ण र अक्ष पुरीले एक एक विकेट हात पारे।
त्यसअघि सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।
सिंगापुरका लागि तीन ब्याटरले सम्मानजनक पारी खेले। रोहन राङ्ग्राजनले ३० बलमा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे।
रोहनले ९ चौका र १ छक्का प्रहार गरे भने सिंहले ३ चौका प्रहार गरे। आर्यभिर चौधरी २६ बलमा ३७ रन बनाउँदै नटआउट रहे। उनले ५ चौका प्रहार गरे। बाँकी ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ ब्याटर शून्य रनमै पेबेलियन फर्किए।
नेपालका लागि अभिनाश बोहराले ३ तथा करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले समान २र२ विकेट लिए। करणले ४ ओभरमा ३६, अभिनासले ४३, सन्दीपले १८ र गुल्शनले २१ रन खर्चिए। ४ ओभरमा २१ रन खर्चिएका सोमपाल कामीभने विकेटबिहिन भए।











