दसैँ लागेसँगै बजारमा किनमेल गर्ने ग्राहकहरूको भीड (भिडिओ)

काठमाडौँ । दसैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दसैँको लागि किनमेल गर्ने ग्राहकहरूको भीड लाग्न थालेको छ ।

काठमाडौँको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्ने ग्राहकहरूको भीड लाग्न थालेको छ । विगतको वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरूले बताएका छन् । तर दसैँको लागेसँगै बजारमा ग्राहकको भिडभाड बढ्दा व्यापारीहरूलाई केही राहत मिल्ने आशा जगाएको उनीहरूको भनाई छ ।

व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरूको क्रय शक्ति कदमै कमजोर रहेको देखिएको व्यवसायीहरूले बताए । उनीहरूले दसैँ लागेसँगै व्यापार बढेको थालेको पनि बताए । उनीहरूले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरू बढ्ने आशामा व्यवसायीहरू रहेको बताए ।

आर्थिक मन्दीले ग्राहकहरूको क्रयशक्तिमा कमी आएकाले दसैँमा ग्राहकहरूको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरूको भनाई छ । व्यापारीहरूले न्युरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुटपाथमा सामान राखेर बिक्री गर्नुपरेको बताए ।

नेपाल राष्ट्रिय व्यापार महासङ्घ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरू बिक्री भएपनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताए । उनले आर्थिक मन्दीको कारण मानिसहरूको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको बताए ।

उनले क्रयशक्ति कम भएकाले दसैँमा मानिसहरूको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको बताए । पूर्वअध्यक्ष कटुवालले होलसेल बजारमा बिक्री वृद्धि भएकाले दसैँ लागेसँगै बजारमा ग्राहक बढ्ने र व्यापार वृद्धि हुने आस पलाएको उल्लेख गरे ।

उनले यो वर्षको दसैँमा करिब ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापनादेखि फूलपातीको दिनसम्म धैर्य गर्न आवश्यक रहेको बताए । उनले दुई दिनदेखि बजारमा मानिसहरूको भिडभाड रहेको तर आर्थिक मन्दीको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेको बताए ।

उनले होलसेल बजारमा सामान खरिद गर्नेहरूको भने चहलपहल रहेको बताए ।

उनले भने ‘न्युरोड लगायतका होलसेल बजारमाबाट दसैँका लागि सामानहरू बाहिर गएको छ । तर खुद्रा बजारमा सुनसान जस्तै छ । मानिसहरूको रोजगारी समेत गुमेकाले तल्लो तहका मानिसहरूसँग पैसा छैन । आर्थिक मन्दीको कारणले दसैँमा हुनुपर्ने उत्साह देखिएको छैन । होलसेल बजारमा व्यापार केही वृद्धि भएकाले व्यापार वृद्धि हुने थारै आस पलाएको छ । क्रयशक्ति कम भएकाले दसैँमा मानिसहरूको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको छैन । यो वर्षको दसैँमा करिब ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापना देखि फूलपातीको दिनसम्म हेर्न बाँकी छ । दुई दिनदेखि बजारमा मानिसहरूको भिडभाड रहेको तर आर्थिक मन्दीको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेका छन् ।’

त्यस्तै, राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरू विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए । उनले उपभोग गर्ने युवाहरू श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताए ।

उनले न्युरोड लगायतका क्षेत्रमा भित्र सटरमा रहेको सामानहरू बाहिर ल्याएर सेलमा बिक्री गरिरहेको बताए । उनले पसलका सामानहरू ‘सेल’ मा राखेपछि ग्राहकहरूको भीड देखिएको बताए । उनले व्यापारीहरूमा पनि आर्थिक मन्दी भएको कारण २ हजारको सामान सेलमा रोखेर २ सयसम्म बिक्री गरिरहेको बताए ।

उनले मन्दीका कारण ग्राहकहरू पनि सस्तो सामान नै बढी किनिरहेको बताए । उनले व्यापारीहरू भएको सामान दसैँमा सेलमा राखेर स्टक सक्ने दसैँपछि त्यतिकै बस्ने मनस्थिति समेत बनाइरहेको बताए । उनले मन्दीकै कारण खुद्रासहित फुटपाथ र होलसेल पसलहरूमा पनि बिग सेल राखिएको उल्लेख गरे ।

उनले मन्दी र युवाहरू बिदेसिँदा समग्रमा गत वर्षभन्दा व्यापार घटेको दाबी गरे । त्यस्तै, न्युरोडका व्यापारी वैकुण्ठ दाहालले खुद्रा बजारमा विगतका वर्षहरूको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताए ।

उनले सटरभित्रका पसलहरूमा ग्राहक नआउँदा व्यापारीहरू मोबाइल चलाएर बस्न बाध्य भएको भन्दै दुई दिन केही ग्राहकहरूको भीड सेलमा देखिएको बताए । उनले सियो किन्न समेत न्युरोड लगायतका क्षेत्रमा मानिसहरू आउने परिपाटी रहेकाले बजारमा भीड देखिएको भन्दै भीड अनुसार व्यापार नभएको बताए ।

व्यापारीहरूले बजारमा व्यापार नभएको भने पनि गत शनिवारदेखि काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरूमा ग्राहकहरूको किनमेल गर्ने भिडभाड बढेको छ । किनमेल गर्नेहरूको भिडभाड बढेकाले दुई दिनदेखि काठमाडौँका व्यापारी केन्द्रहरूमा सवारी साधनको समेत चाप देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =