भयानक युद्धमा फसेका नेपालीहरूको उद्धार गर्न परराष्ट्रमन्त्री इजरायल जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद युद्धमा फसेका नेपाली विद्यार्थीको उद्धार गर्न इजरायल जाने भएका छन् ।

नेपाल वायु सेवा निगमको जहाज आजै राति ११ बजे परराष्ट्र मन्त्री त्यसतर्फ जाने बताइएको छ ।

त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर जाने तय भएको बताइएको छ ।

दूतावासका अनुसार गाजासँगको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरूलाई उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरूलाई पनि थप अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ ।

नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।

हराइहरेको एक जना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =