युद्ध अझै चर्किन सक्छ, नेपालीहरुलाई चाँडो स्वदेश फर्काउनुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिईकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराए ।

मङ्गलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सिंहले सो बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले इजरायल घटना संवेदनशील भएकाले समय समयमा नेपाल सरकारले त्यहाँको स्थितिको बारेमा ध्यानाकर्षण गराउन आग्रह गरे । उनले स्वदेश फर्किन चाहने नेपालीहरूलाई आवश्यक प्रबन्ध मिलाइ चाँडो भन्दा चाँडो ल्याउन आग्रह गरे ।

उनले युद्ध अझै चर्किनसक्ने अनुमान रहेकाले नेपालीहरूलाई चाँडो स्वदेश फर्काउन आग्रह गरे ।

उनले भने ‘खास गरेर राष्ट्र नै शोकमा डुबेको बेलामा यो जुन असोज २० गतेको दिनको जुन आक्रमणबाट इजरायलमा रहेका नेपालीहरूको दुःखको समाचार सुन्नुपरेको छ । यो आकस्मिक रूपमा भएको कारणले गर्दा सरकारले सरकारको तर्फबाट अग्रसरता देखाउनुभएको छ, यो सरकारले गर्नुपर्ने कार्यहरू, यस्तो सङ्कट पर्दा ती संरचना र निकायहरूलाई परिचालन गर्नुपर्नेदेखि लिएर सबै बसेर समन्वय गर्ने काम भइरहेको छ । इजरायलमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ । युद्ध नै सुरु भइसकेको अवस्थामा सरकारको तर्फबाट मन्त्रीज्युले भनिसक्नुभएको छ । नेपाल नै फर्किन चाहनेहरूलाई पनि त्यहाँको दूतावासलाई अलर्टनेसलाई राखेर काम गरिरहनुभएको छ । इजरायली सरकार र नेपालमा रहेका राजदूतसँग छलफल जुन गरिरहनुभएको छ । संवेदनशील भएको कारणले समय समयमा जानकारी गराएको खण्डमा राम्रो हुन्छ । तेलेवी एयरपोर्ट अप्रेसनमा छ भन्नुभएको छ, त्यहाँबाट फर्किएर आउने नेपालीलाई चाँडो ल्याइयोस् । हमासले इजरायलले सर्वसाधारणलाई सूचना नदिईकन आक्रमण गरे कब्जामा रहेकालाई हत्या गर्ने धम्की आइरहेको छ । यसमा सचेत हुनुपर्छ । यो विषयमा सरकारले के सोचिरहेको छ रु’

नेता सिंहले इजरायलस्थित दूतावासलाई थप निर्देशन दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =