‘सङ्घीयता कसैको आशीर्वाद र हुकुम बक्सिसमा आएको होइन’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सङ्घीयतालाई बलियो बनाउन प्रहरी समायोजन गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रहरी प्रशासनलाई सङ्घको मातहतमा राखेर सङ्घीयता बलियो नहुने बताएका हुन् ।

उनले प्रदेश मातहतमा प्रहरी प्रशासन नदिएर सङ्घीयता बदनाम भएको भन्दै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई प्रहरी दिनुपर्ने बताए ।

उनले सङ्घीयतालाई मजबुत बनाउने काम सरकारको भएको पनि बताए ।

उनले भने – ‘धेरै प्रदेशहरूमा केही तत्त्वहरूले ग्राण्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेका छन् । सङ्घीयता यसरी आएको होइन । कसैको आशीर्वादमा, हुकुम बक्सिसमा आएको होइन । सङ्घीयता नेपाली जनताको बलिदानीले आएको छ । नेपाली जनताको खुन, पसिनाले आएको छ । त्यस कारण सङ्घीयतालाई मजबुत बनाउनको निमित्त सरकारको काम हो । सरकारले सम्पूर्ण शक्ति केन्द्रमा राख्ने, प्रदेशमा अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने, प्रहरी प्रशासन प्रदेशमा नदिने अनि सङ्घीयता मजबुत कसरी हुन्छ रु प्रदेश त बदनाम भइहाल्छ । अघिल्लो सरकार पनि त्यही काम ग¥यो । वर्तमान सरकार पनि त्यही बाटोमा गइरहेको छ ।’

उनले केही तत्त्वहरूले ग्राण्ड डिजाइनमा प्रदेश खारेजीको जुलुस निकालिरहेको उल्लेख गर्दै सङ्घीयता कसैको आशीर्वाद र हुकुम बक्सिसमा नआएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =