देशमा विधि विहीनताले पराकाष्ठा नाघ्योः नेता केसी

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधि विहीनताले पराकाष्ठा नाघेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताए ।

उनले देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रुपमा भ्रष्टाचार अघि बढीरहेको भन्दै दुःख व्यक्त गरे ।

उनले भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम नहुने बताए । उनले राज्यमा सुशासन भएन भने जनतामा अनुशासन नहुने भन्दै हरेक ठाउँमा अराजक मनोवृत्तिहरु विकास भइरहेको बताए ।

उनले हामी नेपाली हौँ भन्ने भावनालाई खुला रुपबाट चुनौति दिएपनि कारबाही हुन नसकेको बताए ।

उनले भने, ‘हामी अत्यन्त अफ्ठ्यारो परिस्थितिमा छौँ। त्यत्तिकै अफ्ठ्यारो परिवेशबाट हामी त्रिकोणात्मक रुपले द्वन्द्वको भूभागमा छौँ भने आर्थिक दृष्टिकोणबाट पनि पछि परेका छौँ । आर्थिक अनुशासनहीनताको सीमा नाघेको छ । भ्रष्टाचार त यो देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रुपमा भ्रष्टाचार अघि बढीरहेको छ । जुन बेला भ्रष्टाचारको कुरा आउँछन् । त्यो पोल्टिकल पार्टीहरुको सिण्डिकेटले त्यसलाई त्यहीँ सामसुम गर्ने स्थिति छ त्यसको बिरुद्धमा संघर्ष गर्नसक्छ की सकिँदैन ? यो रुपान्तरण अभियानले । भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम हुँदैन । विधि विहीनताले पराकाष्ठा नाघेको छ । राज्यमा सुशासन भएन भने जनतामा अनुशासन हुँदैन, अहिले चारैतिर त्यसै किसिमको अनुशासनहीनता बढेको छ । डाक्टर, शिक्षक पिट्ने हरेक ठाउँमा अराजक मनोवृत्तिहरु विकास भइरहेको छ । हामी नेपाली हौँ, एक हौँ भन्ने भावनालाई खुला रुपबाट चुनौति दिइएको छ तर कारबाही हुन सकेको छैन ।’

नेता केसीले महंगी र मूल्यवृद्धिले नेपालका आम जनता हतोत्साही अवस्थामा रहेको बताए ।

उनले रुपान्तरण र वैचारिक पुनःजागरण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए ।

जबसम्म समानुपातिक निर्वाचन प्रणाली भएसम्म पार्टी नबन्ने बताए । उनले यति ठूलो संख्यामा केन्द्रिय संसद, प्रदेश सभा आवश्यक नरहेको बताए ।

उनले पार्टीमा सभापतिले जे निर्णय गर्छ त्यही सर्वमान्य हुने हो भने क्रियाशील सदस्यले सभापति चुन्ने विधानसहित सभापतिय पद्धतिमा जानुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =