सुन तस्करी प्रकरणको छानबिन राज्यका संयन्त्रले नै गर्नुपर्छः सांसद शाह

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यको संयन्त्रहरुले नै गर्नुपर्ने बताएकी छन् ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका निकायहरुले नै गर्नुपर्ने बताइकी हुन् ।

उनले सिआइबिलाई छानविन गर्न दिइनु ठिक भएको बताउनु भयो । उहाँले राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु सबैको दायित्व भएको बताइन् ।

उनले सरकारी संयन्त्रहरुलाई विश्वास गर्नुपर्ने बताइन् । उनले हरेक अपराधहरुको अनुसन्धान आयोगबाट नै गर्ने हो भने राज्यका सम्बन्धित संयन्त्रहरुको कुनै काम नहुने बताइन् ।

उनले अपराध अनुसन्धानमा संविधानले बनाएका संरचना र संयन्त्रहरुलाई परिचालित गर्नुपर्ने र तिनलाई बलियो बनाउनुपर्ने बताइन् ।

उनले भनिन्– ‘सुन काण्डमा दोषि जो कोही भएपनि सजाय पाउनुपर्छ । त्यसका लागि सिआइबिलाई छानबिन गर्न दिनेकुरा ठिक छ । राज्यका संयन्त्र र संरचनालाई विश्वसनीय, जिम्मेवार र बलियो बनाउनु हामी सबैको दायित्व हो । किनकी ति संस्थाहरु हामीले नै निर्माण गरेका हौँ । आफैँले निर्माण गरेका संस्थाहरुलाई अविश्वास गर्न पुग्यौँ । कमजोर बनाउन पुग्यौँ भने के सधैँ आयोगहरुले त्यस्ता समस्याहरुको निरुपण गर्न सक्छ ? तसर्थ म के अनुरोध गर्न चाहन्छु भने हामी आफैँले बनाएका संस्थाहरुमाथि विश्वास गर्न सिकौँ । विश्वास गरौँ । बलियो बनाऔँ । संरचनाहरु बलियो भएमात्र यो मुलुक बलियो बलियो हुनसक्छ । मुलुक बलियो भएपछि हामी सबै बलिया हुनसक्छौँ भन्नेकुरा म यहाँ राख्न चाहन्छु । तसर्थ अहिले उच्चस्तरीय छानबिन आयोग बनाउने माग जोडदार ढंगले उठिरहेको छ । सुनिदैछ भोलिसम्ममा त्यसको समाधान त हुन्छ । तथापि यो इतिहासलाई हामीले फेरी पुनरावृत्ति गर्ने कि नगर्ने ? यस्ता हरेक समस्याहरु आउँदा, हरेक अपराधहरुको अनुसन्धान गर्नुपर्दा हामीले आयोगबाट नै त्यसको निराकरण खोज्ने हो भने हाम्रो लाखौँ रुपैयाँ व्यय गरेर खडा गरिएका, दायित्व लिएर बनाइएका संस्थाहरुको कुनैपनि काम रहने छैन । त्यसकारण यदी राज्यलाई बलियो बनाउने हो भने सरकारलाई बलियो बनाउने हो । अपराधहरुलाई निरुत्साहित गर्ने हो । एउटा सिस्टम बसाउने हो मुलुकमा भने हामीले हामीद्वारा खडा गरिएका, संविधानले बनाएका संरचना, संयन्त्रहरुलाई परिचालित गर्नुपर्छ । तिनलाई बलियो बनाउनुपर्छ ।’

उनले राज्यलाई बलियो बनाउनका लागि सरकारलाई बलियो बनाउनुपर्ने धारणा पनि राखिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =