सरकारले खोल्यो जग्गाको कित्ताकाट
२०८० साउन ३० गते

काठमाडौँ । सरकारले लामो समयदेखि रोक लगाएके जग्गाको कित्ताकाट खोलेको छ । भूमि व्यवस्था मन्त्रालयले मंगलबार संशोधित भू उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट खुलेको हो ।
अघिल्लो भू उपयोग नीति अनुसार स्थानीय पालिकाले जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ता काट्न खोलिने भनिएको थियो । तर, १६० वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेपछि ती पालिकाबाहेक अन्य ठाउँमा कित्ताकाट रोकिएको थियो ।
सरकारले जग्गाको कित्ताकाट नखोल्दा आर्थिक क्षेत्र नै चलायमान हुन नसकेको भन्दै घरजग्गा व्यवसायी तथा निजी क्षेत्रका व्यवसायीहरुले कित्ताकाट खुला गर्न माग गर्दै आएका थिए ।
२०८० साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








