अर्थतन्त्रबारे धारणा प्रष्ट पार्न एफएनसीसीआईलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको विषयमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत धारणा प्रष्ट पार्न आग्रह गरेका छन् ।

मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रको विषयमा उद्योग वाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षको धारणा फरक भएको भन्दै संस्थागत धारणा स्पष्ट पार्न आग्रह गरेका हुन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सकारात्मक रहेको भन्ने र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाउनु राम्रो नभएको बताए । महासंघले अर्थतन्त्रका विषयमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक भएर धारणा राख्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले उपाध्यक्ष श्रेष्ठलाई आफू व्यापारमात्रै गर्ने उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने ? भन्दै प्रश्न गरे । उनले बिस्तारै बैंकको ब्याजदर घट्ने क्रममा रहेको भन्दै अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताए । उनले निजी क्षेत्रलाई दिने अन्य सहुलियतहरु राष्ट्र बैंकबाट आउने विश्वास रहेको बताए । उनले अर्थतन्त्रका विषयमा निजी क्षेत्र पनि सकारात्मक सोच बनाएर जान आवश्यक रहेको बताए । सकारात्मक रुपमा मनोबल बढाउने कुरा गर्याे भने आर्थिक गतिविधि बढ्दै जाने बताए । उनले चेम्बर अध्यक्ष र परिंसघका उपाध्यक्षले सकारात्मक कुरा गरे पनि एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षले नेगेटिभ कुरा मात्रै गरेको उल्लेख गरे । उनले निजी क्षेत्रको नेतृत्वले मात्रै खराब मात्रै छ भन्ने हो भने अर्थतन्त्र सुधार नहुने बताए । उनले निजी क्षेत्रले नेगेटिभ कुरा भन्दा पनि पोजेटिभ कुरालाई प्राथमिकता दिन आग्रह गरे । उनले लगानी गर्नेहरुलाई सरकारले एक तहको सहुलियत दिनेकुरा गरेको उल्लेख गर्दै गरेको कुरा बिर्सने भन्दै प्रश्न गरे । उनले आधारभूत आवश्यकतामा पनि अर्बौंको आयात गर्ने भनेर पनि निजी क्षेत्रबाट नै आलोचना आउने गरेको बताए । उनले निजी क्षेत्र आफैँले बिरोधाभास कुरा गरिरहेको भन्दै आपत्ति जनाए ।

अर्थमन्त्री महतले सरकारले आन्तरिक राजश्व र भ्याटलाई प्राथमिकता दिन नसकेको बताए । उनले तथ्याङ्कहरुले पनि धेरै सानो संख्याले ८० प्रतिशत कर तिरिरहेको भन्दै त्यो भन्दा धरै संख्या करको दायरामा आउन सक्ने अवस्था रहेको बताए । उनले उनीहरुलाई कर लगाउँदा मर्का पर्ने अवस्था नभएको बताए । अर्थमन्त्री महतले अब त्यस्ता व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताए ।

अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न कर अधिकृतहरुलाई निर्देशन दिए । उनले आन्तरिक राजस्व प्रशासनलाई सुधार गर्नेगरी नीति बनाउन कर अधिकृतहरु निर्देशन दिए । मन्त्री महतले व्यवसायीहरुले मूल्य अभिवृद्धी कर (भ्याट) लगाउँदा व्यवसायीहरुले बिरोध गर्ने गरेको बताए । उनले धेरै व्यवसायीहरुले भ्याट लगाउनुभन्दा अन्य अन्तःशुल्क वा अन्य कर लगाउन माग गर्ने गरेको बताए । उनले व्यवसायीहरुले भ्याट लगाउनु हुन्न बरु कर बढाउनु पर्छ भन्ने माग किन गरेको भन्ने कुराले आफू आश्चर्यमा परेको बताए ।

उनले मूल्य अभिवृद्धि करको सिद्धान्तविपरीत कयौं वस्तुमा भ्याट छुट दिने गरिएकाले सरकारले त्यसलाई सुधार गरिएको बताए । मन्त्री महतले भ्याट छुटको सूचि बढ्दा भ्याटको अस्तिपञ्जर मात्रै बाँकी रहेको भन्दै भ्याट छुटको सूचि घटाउँदै केही सुधार गर्न खोजेको बताए ।

कार्यक्रममा बोल्दै अर्थसचिव अर्जनुप्रसाद पोखरेलले व्यवसाय बन्द गर्ने गरी करदातालाई अप्ठ्यारो पार्ने काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले करदातालाई सम्मान गर्न कर अधिकृतहरुलाई निर्देशन दिए । उनले राजस्व कर्मचारीहरुको काम करदातालाई दुःख दिने नभई करदातालाई सहजीकरण गर्नुपर्ने बताए । उनले गोष्ठीमा प्रणालीगत सुधार कहाँ गर्ने, लक्ष्यअनुसार राजश्व संकलन गर्न कार्ययोजना बनाउने गरी छलफल गर्न आग्रह गरे ।

महालेखा परीक्षण कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव, राजश्व न्यायाधीकरणले गरेका फैसला लगायत हेरेर नीति बनाउने गरी गोष्ठीमा छलफल गर्न आग्रह गरे । प्रणालीगत सुधार कहाँ गर्ने, लक्ष्यअनुसार राजश्व संकलन गर्न कार्ययोजना बनाउने गरी छलफल गर्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =