सांसद शर्मा पक्राउ बारे कांग्रेसले आधिकारीक जानकारीपछि धारणा सार्वजनिक गर्ने

नेपाली कांग्रेसले सांसद सुनील शर्मा पक्राउबारे आधिकारिक जानकारी लिइसकेपछि मात्र पार्टीको धारणा सार्वजनिक गर्ने बताएको छ ।

संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पक्राउबारे सभामुख र सीआईबीबाट जानकारी लिएपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताए।

‘हामीले भर्खरै जानकारी पाएका छौँ । के विषयमा, के कारणले उहाँलाई पक्राउ गरिएको भन्ने विषयमा हामीले जानकारी लिइरहेका छौँ । त्यसपछि हामी पार्टीको धारणा सार्वजनिक गर्छौं’, उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =