आफ्ना सांसदलाई प्रचण्डको निर्देशन- संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नू

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । बिहान बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेकाअनुसार दलका नेता समेत रहेका प्रधानमन्त्रीले संघीय संसदमा सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिने बताएका थिए ।
दिउँसो १ बजेपछि बस्नेगरी संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाइएको छ । दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमा बसेको मा माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।








