कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश
२०८० साउन १६ गते

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।
उनले आफ्नो दल नेपाली कांग्रेस, एकीकृत माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका गरी ४७ सदस्यको समर्थन रहेको दाबी सहित आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापङ समक्ष दाबी पेश गरेका हुन् ।
उनलाई मुख्यमन्त्रीमा बहुमत जुटाउन प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापालाई समर्थन गरेका छन् ।
प्रदेश प्रमुख खापुङ आज साँझ ५ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई समयसीमासहित आह्वान गरेका थिए ।
२०८० साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित









