धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयो : शेयर लगानीकर्ता

काठमाडौँ । राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरूले बताएका छन् ।

शेयर लगानीकर्ताहरूले राष्ट्र बैंकले विगत दुई वर्षदेखि शेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजारको विकासको लागि राम्रो नभएको बताए । उनीहरूले नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नु पर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको आरोप लगाए । लगानीकर्ताहरूले राष्ट्र बैंकले लगानीकर्ताहरूलाई कन्फ्युज बनाउने भन्दा पनि स्पष्ट नीति लिएर पुँजीबजारको विकासमा जोड दिएर नीति बनाउनु पर्नेमा उल्टो भइरहेको बताए ।

उनीहरूले राष्ट्र बैंकले शेयर लगानीकर्ताहरूको दुई वर्ष देखिका साना मागलाई समेत सम्बोधन नगर्नु शेयर बजारप्रति नकारात्मक दृष्टिकोण रहेको स्पष्ट भएको बताए । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताए । उनले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्नु गलत भएको बताए । उनले मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केही भएपनि शेयर बजारलाई राहत दिने खालको मौद्रिक नीति आएको महसुस भएको भएपनि दुई घण्टाको बीचमा विरोध गर्नुपर्ने अवस्था आएको बताए । उनले सबै साइजका कर्जाको जोखिमभार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरूलाई प्यानिक बनाएको बताए ।

उनले राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आएको बताइन् । उनले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख गरेकाले सकारात्मक प्रतिक्रिया दिएको बताइन् । अध्यक्ष पोखरेलले लगानीकर्ताहरूको कुनै पनि माग सम्बोधन नहुनु पुँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने बताइन् । उनले मौद्रिक नीति जस्तो आएपनि लगानीकर्ताले धेरै कुराहरु भागिसकेकाले अब शेयर बजार साउन महिनादेखि सुधार हुने अपेक्षा रहेको बताइन् ।

उनले भने ‘ विगत दुई वर्षदेखि निरन्तर रूपमा गिरावट रहेको शेयर बजार विगतमा नीतिहरू परिवर्तन भएर मलम पट्टिको काम गर्छ भन्ने लगानीकर्ताहरूको अपेक्षा थियो । लगानीकर्ताहरूको त्यो अपेक्षा मौद्रिक नीतिबाट पूरा भएन । लगानीकर्ताहरूलाई भ्रममा पारेर मौद्रिक नीति ल्याइयो त्यसले लगानीकर्ताहरू थप प्यानिक भएका छौँ । मौद्रिक नीतिले आम लगानीकर्ताको माग सम्बोधन भएको छैन । शेयर बजार घटबढ राजनीतिक विषय,बजारमा तरलता र ब्याजदरको कारण हुन्छ । मुलुकको अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा शेयर बजार राम्रो हुन्छ भन्ने अपेक्षा थिएन । तर दुई वर्ष देखिको मौद्रिक नीतिकै कारण बजार प्यानिक भइरहेको छ । शेयर कर्जाको जोखिमभार १०० बाट १५० पु¥याएको छ । त्यसलाई १०० मात्रै कायम गर्नुपर्छ र १२ करोडको सीमा खारेज गर्नुपर्छ भन्ने माग हो । तर लगानीकर्ताको माग कुनै पनि सम्बोधन भएन । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा स्वागत गरौं । जसमा शेयर कर्जाको जोखिमभार पुनरावलोकन गरिने छ भनिएको थियो । लगानीकर्ताको माग सम्बोधन भयो भन्ने अपेक्षा थियो । मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन ग¥यो भनेर स्वागत गर्दा दुई घण्टापछि गभर्नर ज्युले सबै लगानीकर्ताको लागि ल्याएको छैन भनेपछि त्यसको विरोध गरेका छौँ । नीति बनाउँदा नीति निर्माताहरुले लगानीकर्ताहरूको स्पष्ट कुरा गर्नुपर्छ । सरकारले नीति बनाउँदाबीचमा लुपहोल राखिन्छ । तर सरकारले नीति ल्याउँदा सबै लगानीकर्ताले स्पष्ट बुझ्ने गरी ल्याउनुपर्छ । राष्ट्र बैंकले दुई वर्षदेखि शेयर बजारलाई प्यानिक बनाउने गरी नीति बनाउन राजनीतिक अवस्था जस्तो लाग्छ । शेयर बजारलाई आफ्नो लयमा चल्न दिनुपर्छ । दुई वर्षदेखि साना लगानीकर्ता मर्काका रहेका छन् । राष्ट्र बैंकले पुँजीबजारप्रति इगो राखेर नीति ल्याउने काम भएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीले यो सरकार त्यो सरकार यो अर्थमन्त्री भन्ने भन्दा पनि नीतिगत तहमा बसेर मैले कस्तो नीति बनाउने सोचिदिए लगानीकर्तालाई राम्रो हुने थियो । मौद्रिक नीति जस्तो आएपनि लगानीकर्ताले धेरै कुराहरु स्टगल गरिसकेकाले अब शेयर बजारले साउन महिनादेखि सुधार हुन्छ ।’

त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरूले सोचे जस्तो नआएको बताए । उनले दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धराशायी बनाएको बताए । उनले शेयर कर्जा सङ्कुचन गर्न ४र१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धराशायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको बताए । उनले मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुगेको बताए । उनले लगानीकर्ताहरूले राष्ट्र बैंकस विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा समेत सम्बोधन नभएको गुनासो गरे । उनले लगानीकर्ताको माग सम्बोधन हुन नसके पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण हुन नसक्ने बताए । उनले मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्वयन अहिलेसम्म नभएको बताए । उनले भारित औसतलाई पुनरावलोकन गरिनेछ भन्ने समाचार आउँदा लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरिए पनि दुई घण्टामा पत्रकार सम्मेलनमा गभर्नरले भारित औसत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको बताए । उनले मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो रहेको दाबी गरे ।

उनले भने ‘मौद्रिक नीति हामीले सोचे जस्तो आएन । दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धराशायी हुन पुग्यो । शेयर कर्जा सङ्कुचन गर्न ४/१२ को नीति ल्याइयो । भारित औसतलाई १०० बाट १५० बनाइयो । त्यो कारणले पुँजीबजार धराशायी नै हुन पुग्यो । विशेष गरेर मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुग्यो । २ अर्बको कर्जा लिएर शेयर बजारमा लगानी गर्नेहरूको लागि ४/१२ को नीतिले सिलरफेसर बढ्यो र बायर हुने भएनन् । लगानीकर्ताहरूले राष्ट्र बैङ्कसँग धेरै ठूलो माग राखेको थिएनौँ । विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउनु पर्यो भन्दै दुई वर्षदेखि विभिन्न ठाउँमा धाइरहेका छौँ । धितोपत्र बोर्ड,राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग माग गरिरहेका छौँ । मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्वयन अहिलेसम्म भएको छैन । भारित औसतलाई पुनरावलोकन गरिनेछ भन्ने समाचार आउँदा शेयर बजार बढ्यो । लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरियो । तर पत्रकार सम्मेलनमा गभर्नरले भारित औसत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको छ । मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो रहेको छ ।’

त्यस्तै शेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजार मैत्री मौद्रिक नीति आउन नसक्ने बताए । उनले गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरू आउन नसकेको बताए । उनले गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने दाबी गरे ।

उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारलाई नियन्त्रण गर्न खोजे पनि मौद्रिक नीतिको असर केही दिन रहेपनि पुँजीबजार अब कसैले रोकेर नरोकिने बताए । उनले अब नेपाली पुँजीबजार बुलिस भएर जाने बताए । उनले शेयर लगानीकर्ताहरूले राम्रो कम्पनीमा लगानी गर्दा मौद्रिक नीतिको व्यवस्थाले केही असर नगर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =