विश्वकप छनोट : नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
टाकासिंगा स्पोर्टस् क्लबमा नेदरल्यान्ड्सले टस जितेर पहिले बलिङ रोजेको हो । भने, नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।
सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउने पर्ने बाध्यात्मक अवस्थामा रहेको छ । नेपाल विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।
यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिनेछ ।
यसअघि नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । भने, दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।
त्यस्तै, नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।
नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रूपमा सुपर सिक्समा पुग्नेछ ।
दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो ।
हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।









