चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गरिहालौँ : सांसद केसी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गर्नुपर्ने बताएका हुन् । उनले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताए । उनले पछिल्लो समयको भ्रष्टाचार काण्डहरूको भने छानबिन गरिहाल्नुपर्ने बताए । उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताए ।
उनले भने ‘म प्रधानमन्त्रीलाई के भन्छु भने समय सीमा कति सालदेखि कसका सम्पती जाँचबुझ गर्ने त्यो समय सीमा सबैको सल्लाह गरेर राखियोस् । तर यो देशमा चर्चित भएका ८/१० वटा भ्रष्टाचार काण्डहरू जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरि ठूल्ठूला भाषण गरेर त्यसका विरोधमा बोल्दाखेरि धेरै ताली लिए, ती भ्रष्टाचार काण्डहरू अहिले कहाँ गए ? वाइडबडीदेखि लिएर ३३ केजी सुनसम्म ? त्यसलाई सर्वदलीय सहमति गरेर, कहिलेदेखिको गर्ने समय सीमा गरोस् सरकारले । तर सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी रूपबाट शक्ति सम्पन्न आयोग गठन गरेर यी चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन हामी गर्नसक्छौँ कि सक्दैनौँ ।’
उनले नयाँ पार्टीहरू पनि शक्तिकेन्द्र र वृद्धतन्त्रभित्र फस्छन् कि भन्ने आशङ्का व्यक्त गरे । उनले भ्रष्टाचारलाई संरक्षण गर्ने दल वा सरकार आगामी निर्वाचनमा बढारिने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =