देशकाे भूगाेल अध्ययन गरेर मात्रै देश विकासको मोडालिटी तय गर्नुपर्छ : प्रधानमन्त्री
२०८० असार ८ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी पहिरो रोक्नको लागि मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताए ।
उनले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितिको बारेमा अध्ययन नगरी विकास मोडालिटि बनाएर बाढी पहिरोका घटना दोहोरी रहने अवस्था देखिएको बताए । उनले सरकारले बनाउने विकासको मोडालिटिको विषयमा गम्भीर रहेको बताए ।
उनले भने ‘सरकारको तर्फबाट नेपालको विकासको मोडालिटिको बारेमा नेपालको भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भीर रूपमा नसोच्ने हो भने यस्ता घटनाको पुनरावृत्ति हुन्छ । यसमा नेपाल सरकारको गम्भीर रूपले ध्यानाकर्षण भएको छ । सबै मान्यसदस्यहरुले यो विषयलाई दीर्घकालीन रूपमा विचार गर्न जरुरी छ ।’
प्रधानमन्त्री दाहालले बाढी पहिरो रोकथामको सांसदहरूले समेत भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको बताए ।
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








