देश विकास गर्ने सरकारकाे नियत नै भएन : सांसद गैरे 

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको बताएका छन्  ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद गैरेले सरकारले मुलुकको भौतिक पूर्वाधार विकास गर्ने नियतले बजेट नल्याएको बताएका हुन् । उनले सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताको आधारमा नभई शक्ति र पहुँचको आधारमा बजेट योजना छनोट गरी बजेट विनियोजन गरेको आरोप लगाए ।
उनले मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा जिल्लामा सङ्घीय सडकको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नदेखेको बताए । सांसद गैरेले एउटा जिल्लामा एउटा सङ्घीय सडक बन्न आवश्यक रहेको बताए । उनले असन्तुलन बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ? भन्दै प्रश्न गरे ।
असन्तुलन बजेट विनियोजनले देश विकास हुन नसक्ने दाबी गरे । उनले मन्त्रालयले ७७ जिल्लामा १० वा १५ प्रतिशतको सन्तुलन कायम गर्न नसक्नु राम्रो नभएको बताए ।
उनले भने, ‘सरकारले एउटा निर्वाचन क्षेत्रमा मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा एउटा जिल्ला जुन जिल्लामा सङ्घीय सडक स्ट्यार्डरको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नै छैन । यही हाम्रो देशको अवस्था यही हो । अहिले एउटा जिल्लामा एउटा सङ्घीय सडक बन्न आवश्यकता छ । यो खालको चेतना बोकेर बस्छौँ भने सरकारले गर्न खोजेको के हो ? यो खालको असन्तुलनले देश विकास हुनसक्छ । मन्त्रालयले ७७ जिल्लामा १० वा १५ प्रतिशतको सन्तुलन कायम गर्न सक्दैनौँ । सरकारका मन्त्रीहरू कम्तीमा एउटा जिल्लामा २५ प्रतिशतसम्म बजेट सन्तुलन कायम गरौँ भनेर उभिन सक्नुपर्छ । अहिलेको बजेटमा व्यवस्था गरेको असन्तुलन बजेटको चार्ड देखाएर संसदमा उपस्थित हुने अनुहार देखाउन । अहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण, शेरबहादुर र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनुस् । नेपाल राष्ट्र किन भन्ने । चार जना मन्त्रीको देश भनेर भनौँ । यस्तो खालको असन्तुलनबाट देश अघि बढ्न सक्दैन । सरकारको नियत नै देश विकासको भएन । मन्त्रीहरू देश बनाउने नियत राखेर बजेट बनाउने ठाउँमा उपस्थित हुनुपर्छ । यो वर्षको बजेट निर्माण,बजेट छनोटमा नियत देश विकासको देखिन । नियत खराब बनाएर बजेट आएको छ ।’
उनले अहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण, शेरबहादुर र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनु पर्ने खालको देखिएको बताए । उनले नेपाल राष्ट्र भन्दा पनि चार जना मन्त्रीको देश भनेर सरकारले घोषणा गरे हुने बताए । उनले सरकारले बजेट निर्माण, बजेट छनोट गर्ने नियत देश विकास गर्ने खालको नदेखिएको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =