कस्तो छ चिकित्सकहरूको निगरानी रहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिए उनलाई गएराति  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीकाअनुसार राति अलि गाह्रो भएर अस्पताल ल्याइएको हो । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ ।

मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले जानकारी दिए । उनले केही बेरअघि विज्ञप्ति जारी गरी भनेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ ।’

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो । त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =