बैरागीलाई बिदा गरेर बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी

सरकारले सचिव बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ। मुख्यसचिव शंकदास बैगारीलाई आकर्षक अफर दिँदै अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको हो।

सचिव अर्याल असार ३ गते अवकाश हुन लागेकाले त्यसअघि नै मुख्यसचिव बनाउने तयारी सरकारले गरेको हो। सञ्चार मन्त्रालयबाट उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिसकिएको छ।

अहिलेका मुख्यसचिव शंकरदाश बैरागीलाई आर्कषक अफर दिएर अमेरिका पठाउने तयारी गरिएको श्रोतले बताएको छ। यसै साता यस विषयमा निर्णय गरिसक्ने सरकारको तयारी छ।

असार २ भित्रै अर्याललाई मुख्यसचिव बनाउन नसके उनी अवकाश हुने भएकाले सरकारले वैरागीलाई फकाएको हो।

मुख्यसचिव बैरागीको पदावधि अझै तीन महिना बाँकी छ। तर सरकारको अफर स्वीकार्दै उनी त्यसअघि नै स्थान खालि गरिदिन तयार भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =