भुटानी शरणार्थी प्रकरण : अझै ३ अभियुक्तको तर्फबाट बहस बाँकी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको करोडौं ठगीको आरोपमा पक्राउ परेका प्रतिवादीहरुको बहस बिहीबार पनि हुने भएको छ।

बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण र हज कमिटिका अध्यक्ष शमशेर मियाको तर्फबाट बहस सकिएको छ। यस्तै आङटावा शेर्पाको तर्फबाट पनि बहस अन्तिम चरणमा पुगेको छ।

बिहीबार प्रतिवादीको तर्फबाट बहस सकिने सम्भावना छ। आङटावाको तर्फबाट बिहीबार सुरुमा बहस सकिएपछि शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बहस हुने छ। दिउँसो हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट बहस हुने छ।

शुक्रबार जवाफी बहस र आदेश आउने सम्भावना छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमराज न्यौपानेले हिजो मंगलबारभित्रै प्रतिवादीहरुले प्रतिरक्षा बहस सक्नुपर्ने भन्दै समयसीमा तोकेका थिए। तर आज बुधबार सकिँदा पनि बहस सकिएन।

यो ठगी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। ३० जनालाई प्रतिवादी बनाइएकोमा बाँकी १२ जना भने अहिलेसम्म फरार छन्। उनीहरुलाई ठगी, संगठित ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुर गरी पाँच वटा मुद्दा चलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =