प्रचण्डले भारतसँग मागे नयाँ हवाई रुट, माेदीकाे माैनता
२०८० जेठ १८ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग नयाँ हवाई रुट मागेका छन् । बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसको पत्रकार सम्मेलनमा उनले नयाँ एयर रुटको माग गरेका हुन् ।
उनले नेपाल–भारतका प्रधानमन्त्रीको छलफलपश्चात भने, ‘एयर इन्ट्री रुटका निम्ति भारतसँग अनुरोध गरेका छौँ । नेपाललाई नयाँ एयर रुट दिन उहाँहरु तयार हुनुहुन्छ भन्ने अपेक्षा छ ।’
तर, यसबारे भारतीय प्रधानमन्त्रीले कुनै कुरा उल्लेख गरेनन् । उनले नेपालकाे भारतकाे चर्काे सराेकार रहेकाे नेपालकाे जलविद्युतमा भारतीय सरकार तथा कम्पनीकाे लगानी गर्ने र भारतमा नेपालकाे बिजुली लाने विषयलाई मात्रै महत्वका साथ उठाए ।
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








