सिलगुढी–चारआली पाइपलाइन र पेट्राेलियम भण्डारण डिपाे बनाउने समझदारी 

काठमाडौँ । नेपाल र भारतबीच अब अर्को पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको छ । नेपाल र भारतबीच मोतिहारी–अमलेखगण्ड पेट्रोलियम पाइपलाइन निर्माण भई सञ्चालमा आएपछि अब अर्को पाइपलाइन निर्माण गर्ने समझदारी भएको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका दौरान उक्त समझदारी भएको हो ।

समझदारी अनुसार भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको हो । त्यस्तै, चारआलीमै पेट्रोलियम भण्डारण डिपोका लागि पूर्वाधार निर्माण हुने भएको छ ।

त्यस्तै पहिलो चरणमा निर्माण भएको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म पुर्याउने समेत सझदारी भएको छ । लाेथरमा पनि पेट्राेलियम भण्डारण डिपाे निर्माण गरिने भएकाे छ ।

यी परियोजनाका लागि १७ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका भारतीय समकक्षी हर्दिप सिंह पुरीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *