सरकारले बागमती, विष्णुमती नदी किनारका अनधिकृत बस्ती हटाउने

काठमाडौँ । सरकारले बागमती, विष्णुमती नदी किनारका अनधिकृत बस्ती हटाउने भएको छ ।

सरकारले बागमती एवम् विष्णुमती सहितका नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाउने घोषणा गरेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर स्थानीय तहको सहकार्यमा बस्ती हटाउने घोषणा गरेका हुन् ।

यस्तै, कोटेश्वर, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने भएको छ । नेपाल सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएकोे छ ।

त्यस्तै, सूर्यविनायक धुलिखेल सडकखण्डको विस्तार अघि बढाउन आवश्यक रकमसमेत सरकारले विनियोजन गरेको छ । काठमाडौँ चक्रपथको कलङ्की वसुन्धरा खण्डको सडक विस्तार तथा निर्माणलाई तीव्रता दिन रु दुई अर्ब सात करोड छुट्टयाइएको छ ।

सरकारले राष्ट्रिय राजमार्गमा आवश्यकता अनुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जनाएको छ । त्यस्तै कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण सुरुआत गरिनेसमेत बजेटमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =