समर्थन फिर्ता लिने हल्लाकाबीच रवि पुगे बालुवाटार, प्रधानमन्त्रीले दिए बधाई तथा शुभकामना

काठमाडौँ । उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीका समाचार आइरहेका बेला लामिछाने बिहानै बालुवाटार पुगेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बधाई तथा शुभकामना दिएका थिए । भेटमा पछिल्लो राजनीतिका घटनाक्रमका विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्रीले राष्ट्रिय मुद्दामा सहकार्य गर्ने चाहेको राय राख्दा सभापति लामिछानेले पनि आफू सकारात्मक रहेको जवाफ दिएका थिए ।

नवनिर्वाचित सांसद लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका थिए । लामिछाने यही १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट भारी मतान्तरले विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =