तस्बिरमा वर्षाले रोकिएको नेपाल र कुवेतबीचको खेल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण फेरी स्थगित भएको छ ।

टियु मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल पुनः स्थगित भएको हो ।

स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाउँदै ३७ रन बनाएको खेलमा नेपालका करण केसी एक्लैले ५ विकेट लिन सफल भए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।

यसअघि नेपालले ब्याटिङ गर्दा २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।

हाल वर्षाको कारण पुन कभर ढाकिएकोछ । टियुमा अहिले वर्षा बढेको छ भने, खेल हुने सम्भावना कम रहेको छ ।

यदि वर्षाको कारण खेल हुन नसके नेपाल फाइनलमा पुग्ने छ ।

तस्बिरहरु:

सबै तस्बिरहरु मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 14 =