संसद अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

प्रतिनिधि सभाको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने सूचना संसद सचिवालयलाई पठाएका हुन्।

सामान्यतया अधिवेशन अन्त्यको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा पढेर सुनाउने प्रचलन छ। तर प्रतिनिधि सभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सांसद लक्ष्मी महतो कोइरीको निलम्बनको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ।

संसदमा अधिवेशन अन्त्यको सूचना सुनाउनुअघि प्रतिनिधि सभाको अधिवेशनमा भए गरेका कामको विवरण सभामुखले पेश गर्ने गर्दछन्। तर सभामुखले आज विवरण पेश गर्नु ठिक अघि विवादका कारण संसद स्थगित हुन पुगेको छ। आधा घण्टाका लागि स्थगित बैठक एक घण्टा बितिसक्दा पनि सुचारु भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =