वर्षाका कारण खेल रद्ध भएपछि नेपाली खेलाडी क्रिकेट प्रेमीहरुसँग सेल्फी लिँदै

मुलपानी स्थित क्रिकेट खेल मैदानमा एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो निर्धारित खेलका क्रममा वर्षा भएपछि नेपाली खेलाडी क्रिकेट प्रेमीहरुसँग सेल्फी लिँदै ।
तस्बिरहरू:

एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् ।
दुई टीमले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।
नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । भने, समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । भने,चौथो स्थानमा रहेको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले भने अंक जोड्न सकेको छैन ।
अब नेपालले अन्तिम खेल १४ वैशाखमा कीर्तिपुर मैदानमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।









