‘परी पिङ’ नेपालमै पहिलोपटक द क्लिफमा, कति लाग्छ शुल्क ?

काठमाडौँ । साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले परी पिङ सञ्चालनमा ल्याएको छ । यो स्वीङ एसिया तथा नेपालमा नै पहिलो पटक सुरु भएको क्लिफका सञ्चालक राजु कार्कीले बताए ।

जमिनको सतहबाट करिब २५० मिटर माथि भिरमा १० मिटरको डोरी झुन्ड्याएर स्वीङ सञ्चालन गरिएको सञ्चालक कार्की बताउँछन् । ‘क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले क्रेन स्वीङ सञ्चालनमा ल्याएका हौँ,’ उनले भने ।

परी पिङको मज्जा महिलाहरूले मात्र नभई सबैले लिन सकिने कार्की बताउँछन् । स्वीङ खेल्नका लागि २५० रुपैयाँ शुल्क कायम गरिएको छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =