कोरोनाबाट दुई जनाको मृत्यु
२०८० वैशाख ५ गते

काठमाडौँ । कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट २२९२ नमुना परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
पीसीआर विधिबाट ९८० र एन्टीजेनबाट १३१२ नमुना परीक्षण गर्दा पीसीआरबाट १०५ र एन्टिजेनबाट ६६ को रिपोर्ट पोजिटिभ आएको छ ।
यो अवधिमा ८५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ।
२०८० वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित








