कोरोनाबाट दुई जनाको मृत्यु

काठमाडौँ । कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट २२९२ नमुना परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

पीसीआर विधिबाट ९८० र एन्टीजेनबाट १३१२ नमुना परीक्षण गर्दा पीसीआरबाट १०५ र एन्टिजेनबाट ६६ को रिपोर्ट पोजिटिभ आएको छ ।

यो अवधिमा ८५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =