रौतहटको गढीमाई नगरपालिका ८ मा गोली चल्दा एकको मृत्यु

रौतहट । रौतहटको गढीमाई नगरपालिका –८ धोबिनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप भएर गोली चल्दा स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो ।  विवादका क्रममा गोली लागेका यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको छ । गोली भने कसले चलायो भन्ने खुलेको छैन, उनले भने ।

गोली लागेर स्थानीय कपिलदेव राय यादव, रामप्रताप यादव र निरञ्जन यादव समेत घाइते भएका छन् ।

रौतहट प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

साथै, घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डिएसपीको टोली समेत पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =