ढाकाकुमार प्रकरणबारे निर्णय लिन रास्वपाकाे बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक सुरु भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार पार्टी केन्द्रीय कार्यलय बसुन्धारामा बैठक सुरु भएको हो ।

आजको बैठकमा मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गर्ने नगर्ने निर्णय लिन बैठक बस्न लागेको हो ।

बैठकका लागि श्रेष्ठ पनि वसुन्धरास्थित केन्द्रीय कार्यालय गरेका छन् । यस्तै पार्टीका सभापति रवि लामिछाने पनि बैठकका लागि चितवनबाट चुनावी अभियान छाडेर आएका छन् ।

प्रसाईसँगको संवादको अडियो आफ्नो नभएको बताइरहेका श्रेष्ठलाई रास्वपा को छानबिन समितिले मंगलबार बयान समेत लिएको थियो । आजको बैठकले उनीमाथि कारबाही गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =