रास्वपाले जारी गर्याे विज्ञप्ति, भन्यो– ढाकाको स्वरमा रहेको अडिओको छानविन गर्छौं
२०७९ चैत २६ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको स्वरमा पैसाको माग गरिएको अडिओ सर्वजनिक भएको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ढाकाको स्वरमा रहेको उक्त टेलिफोन संवाद (अडिओ)को सत्यतथ्य छानविन गर्ने पार्टीले जनाएको छ ।
उक्त विषयमा छानविन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुसन्धान तथा आचरण समितिलाई निर्देशन दिएको पनि जनाएको छ ।
‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।

२०७९ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








