सभामुख घिमिरेको पहलमा सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच सिंहदरबारमा छलफल (भिडिओ)
२०७९ चैत २५ गते

काठमाडौँ । सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार सभामुखको कार्यालय सिंहदरबारमा भएको भेटमा घिमिरेले प्रतिनिधि सभाको काम-कारबाही प्रभावकारी बनाउने विषयमा सत्ता र प्रतिपक्षका नेताहरूलाई राखेर छलफल गरेका हुन् ।
साथै, भेटमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने बारेमा छलफल भएको थियाे ।
सभामुख घिमिरेको पहलमा सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच सिंहदरबारमा छलफल pic.twitter.com/qavAruVf5o
— Makalu Khabar (@makalukhabar) April 8, 2023

२०७९ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








