पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन अनुमोदन गराउन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन सदनबाट अनुमोदन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा उनले संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘भर्खरै विकसित भइरहेको नेपालको तत्कालीन पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन् १९७२ स्थापना भएको यस संस्थाले आज ५० वर्ष पूरा गरेको छ । गौरवमय ५० वर्ष पूरा गरिसक्दा पनि यो संस्था अझै पनि गठन आदेशकै भरमा चलिरहेको जानकारीमा आएको हुँदा स्वर्ण जयन्तीको यस अवसरमा मेरो कार्यकालभित्रै यस संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई म निर्देशन गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =