कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

भोलि आइतबार बिहान १०ः३० बजेका लागि बैठक बोलाएको हो । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बस्ने कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । केन्द्रीय कार्यसम्पादन समिति बैठक सकिएपछि कांग्रेस संसदीय दलको बैठक पनि बस्ने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री चैत ६ गते लिन लागेको विश्वासको मत लगातका विषयमा छलफल हुने छ । भोलि प्रतिनिधि सभा बैठक पनि भएकाले त्यो भन्दा पहिले बैठक बोलाइएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेने आङ्देम्बेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =