पोखरामा खानेपानी नियमित नभएको गुनासो

अन्नपूर्ण । पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाएको १० वर्षभन्दा बढी भयो । उनले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाडेकी छैनन् ।

पैसा तिरेर धारामा आएको पानीले उनलाई पुग्दैन् । ‘घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्’, उनले भनिन, ‘मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।’ उनले खानेपानी संस्थानलाई मासिक रु एक सय १० बुझाउने गरेको बताइन् । त्यसले नपुगेर महिनामा एक ट्याङ्कटर पानी आठ÷नौ सयसम्म तितेर खरिद गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरामा खानेपानी नियमित नआउने मात्र होइन मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा उनकोमा खानेपानीको बिल ५५ हजारको आएको उनले बताइन् । पछि निवेदन दिएपछि पाँच सय रुपैयाँ मात्र तिरिन् । ‘मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि पाँच सय मात्र तिरेर आएँ’, उनले भनिन, ‘त्यो पछि पनि ३२ हजार आयो अनि फेरि निवेदन दिएर मिलाइयो । अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा एक सय १० तिर्छु ।’

सेवाग्राहीले गुनासो गरिरहँदा खानेपानी संस्थानका पोखरा कार्यालय प्रमुख आशिष कार्कीले त्यति धेरै समस्या नरहेको बताउछीन् । ‘पोखरामा पानीको त्यति साह्रै समस्या छैन्’, उनले भनिन, ‘समस्या नै नभएको त होइन तर ५० हजार धारामा पाँच-१० प्रतिशतमा समस्या त हुन्छ नै ।’

संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उनको भनाइ थियो । पोखराभर एक सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उनले बताइन् । यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम गरिरहेको छ ।

डिजिटल रिडिङ डिभाइसमा कर्मचारी पोख्त नहुँदा समस्या भएको प्रमुख कार्कीले बताए । ‘भर्खरै हामीले डिजिटल रिडिङ डिभाइस ल्याएका छौँ । त्यसमा कहिलेकाहीँ धेरै अङ्क पनि हान्न सकिन्छ’, उनले भने, ‘यो भनेको मान्छेको गल्ती हो । यस्तो अवस्थामा निवेदन दिएको खण्डमा तत्कालै समाधान गरिन्छ ।’

यहाँ निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको काम सकिएपछि पनि समस्या धेरै सुधार हुने उनको भनाइ छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका अनुदान सहयोगमा निर्माणाधीन काम ८९ प्रतिशत पूरा भएको छ । च अर्ब रुपैयाँको अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । कोरोनाका कारण काममा ढिलाइ भएकाले हालसालै एक वर्ष म्याद थपिएको थियो । सन् २०२४ सालसम्म यो आयोजना पूरा भएपछि पोखराको खानेपानी समस्या केही हदसम्म पूरा हुने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =