बालेनको अर्को अभिव्यक्ति- मैले हार मान्दिनँ
२०७९ फागुन १४ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले आफूलाई कसैले पनि हटाउन नसक्ने बताएका छन् । आफूलाई राजीनामा गर्न दबाब आएको खुलासा गरेका उनले शनिबार साँझ अर्को स्टाटस लेख्दै ई कसैले पनि हटाउन नसक्ने बताएका हुन् ।
यद्यपि, उनले कसबाट त्यस्तो दबाब आएको हो भनेर खुलाएका छैनन् । ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप (मैले हार मान्दिनँ)’, उनले भनेका छन् ।
शनिबार दिउँसोको स्टाटसमा उनले आफूलाई राजीनामा दिन दबाब आएको खुलासा गर्दै यो देश कहिले पनि नबन्ने बताएका थिए ।
यो पनि : मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन
२०७९ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








