मनोनयन दर्ताअघि कांग्रेसको कार्यसम्पादन समिति

काठमाडौँ । राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता हुनुअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ८ बजेपछि बस्ने गरी बोलाइएको हो ।

बैठकमा राष्ट्रपतिको उम्मेदवारसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ । यही २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको काम हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =