फागुन १२ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?
२०७९ फागुन १२ गते

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश–१ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
दिउँसो प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
२०७९ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित








