माधव र उपेन्द्रसँगको छलफलपछि प्रचण्डले भने – भोलि ओलीसँग कुरा गर्छु

राष्ट्रपतिको उम्मेदवार बारे प्रभानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ दलसँग छलफल गरेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालसहितका नेताहरुसँग बिहीबार साँझ छलफल गरेका हुन्।

छलफलपछि छोटो प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘राष्ट्रपतिको उम्मेदवार बारे छलफल जारी छ। भोलि ओली जीसँग छलफल गर्छु।’

यसअघि प्रचण्डले कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए। कांग्रेससँगको छलफलमा पुरानै गठबन्धन ब्युँत्याउने सहमति नजिक पुगेको भनिए पनि बिहीबार नेताहरुले त्यसमा सहमती भइनसकेको बताए।

राष्ट्रपति बन्न माधवकुमार नेपाल पनि इच्छुक छन्। उता कांग्रेसले भने आफूले राष्ट्रपति पाउनु पर्ने माग गर्दै आएको छ। निर्णायक देखिएको माओवादी सबैसँग छलफलमा भएपनि कुनै निर्णय दिएको छैन।

शनिबार राष्ट्रपतिको मनोनयन दर्ताको तालिका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =