त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा स्ववियु निर्वाचनपछि (तालिकासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा चैत १२ गतेदेखि गर्ने भएको छ ।

शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । तर विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन पछि सारिदिन आग्रह गरेका थिए ।

संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + four =