सर्वोच्चमा रवि लामिछानेको नागरिकता विवादमाथि बहस जारी

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुरुमा रिट निवेदकको तर्फबाट बहस भइरहेको हो ।

बहसमा अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकताको समाप्ती राज्य वा व्यक्तिको निर्णयबाट हुने तर प्राप्तिका लागि राज्यको उपस्थित अनिवार्य हुने तर्क गरेका छन् ।

आफू अरु कुनै प िदेशको नागरिक नरहेको, अरु कुनै राज्यप्रति निष्ठावान नरहेको भनेर अमेरिकी ग्रिनकार्ड लिँदा शपथ लिएका मान्छेले ग्रिनकाड त्यागेपछि नेपालमा नागरिकता लिन प्रक्रिया नै नथालेको उनले बताएका छन् ।

‘एउटा व्यक्तिमा जतिसुकै नेपालीपन होला,’ अधिवक्ता भण्डारीले भने, ‘नेपाली रगत होला तर सरकारी निकायमा पुग्नुपर्छ, त्यहाँ गएर दस्तखत गर्नुपर्छ, सही छाप गर्नुपर्छ, मागेको विवरण पेश गर्नुपर्छ ।’

वर्तमान अवस्थामा रवि लामिछाने नेपाली भए पनि नेपाली नागरिक नबनेको भन्दै उनले भनेका छन्– ‘उनले नेपाली नागरिकता प्राप्त गरेका छैनन् वा एक पटक कायम नरहेको नागरिकता कायम गराउन कानुनले तोके बमोजिम प्रक्रिया थालनी गरी सो प्रक्रिया पूरा गरी नागरिकता पुनः प्राप्त गरेका छैनन् भने उनलाई नेपाली भन्न सकिन्छ, तर नेपाली नागरिक भन्न सकिन्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *